०७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका–१ जमलस्थित विश्वज्योति हलअगाडि बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५६ वर्षीय अम्बरबहादुर बोगटी छन् । ओखलढुंगा घर भई काठमाडौं डल्लु बस्दै आएका बोगटीलाई मंगलबार बा. ५ख ८७६१ नम्बरको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसका चालकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
+ There are no comments
Add yours