सक्किगोनी टिमको ‘लाज शरणम्’लाई उच्च अदालतले लगायो रोक

०७ फागुन, काठमाडौँ । उच्च अदालत पाटनले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लाज शरणम्’ फिल्मी गतिविधि (प्रचार प्रसार) गर्न रोक लगाउने आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुवर र हेमन्त रावलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गर्दै यस्तो रोक लगाएको हो ।

कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतको आदेशले थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमले दायर गरेको रिटमा यस्तो आदेश गरेको हो । उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि फिल्म प्रदर्शन र प्रचारप्रसार अन्योलमा परेको छ ।

उच्च अदालतले अन्तरिम आदेश खारेज नगरेसम्म अब फिल्म प्रचार र हलमा प्रदर्शन गर्न पाइने छैन ।

आलमले फिल्मको पोष्टरमा आफ्नो अनुहार झल्काउने गरेर देखाइएको र जसले आफूलाई अपहेलना गरेको र विचाराधीन मुद्दामा प्रभावित पारेको भन्दै रिट दायर गरेका थिए ।

फागुन २ गते दर्ता भएको रिटमा उच्च अदालतले आज दोस्रो सुनुवाइ गर्दे फिल्म प्रदर्शनमा रोक लगाएको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours