विद्युत प्रधिकरणले चुक्ता पुँजीको २० प्रतिशत सेयर जारी गर्ने

०६ फागुन, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले चुक्ता पुँजीको २० प्रतिशत सेयर जारी गर्ने तयारी गरिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत प्रधिकरण ७ खर्बको सम्पत्ति राखेर बसेको भन्दै सर्वसाधरणकालागि प्राथमिक सेयर खोल्ने चरणमा रहेको बताएका हुन् । प्राधिकरणले चुक्ता पुँजी करिब ३ खर्ब रूपैयाँ कायम गरेर त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकमको आइपिओ ल्याउने प्रस्ताव गरेको छ।

यस्तै, उनले सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास संभाव भएको बताउँछन् । आईपीओमा लगानीगर्दा जोखिम देखिएपनी नियमनगरी सेयर खोल्नु पर्ने उनको भनाइ छ ।

विद्युत प्राधिकरणले १२ हजारको विद्युत खरिद विक्री सम्झौता (पिपिए) गरेको बताएका छन्। हाल ३५ सय मेगावाटका आयोजना सञ्चालन भएपनि हिउँदा ११ सय मेगावाट मात्रै उत्पादन भएको छ।

२८ हजार ५०० मेगावाट विद्युत पु¥याउनकोलागि विद्युत प्राधिकरणले अझे पिपिए खोल्ने पक्षमा रहेको बताए। ‘हाल पिपिए भएका सबै परियोजना निर्माणको चरणमा गएका छैनन्,’ कार्यकारी निर्देशक घिसिङले भने,‘पिपिए गरी निर्माण नगर्ने तर नयाँ पिपिए गर्नुपर्ने माग राख्नु कति उचित हो ?’

प्राधिकरणसंग पिपिए सम्झौता गरी आयोजना ओगटेर मात्रै राख्ने प्रवृति अन्त्य हुनुपर्ने बताए। नेपाल सरकारले भारतसंग सम्झौता गरेको क्रसबोर्डर प्रसारणलाइन सञ्चालन हुँदा भारतलाई आम्दानीको ग्यारेन्टी गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours