०५ फागुन, काठमाडौँ । फोर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।
दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई १-० ले पराजित गर्दै तीन अंक जोड्न सफल भयो।
नेपालका लागि खेलको ९औं मिनेटमा विमला चौधरीले निर्णायक गोल गर्दै टिमलाई अग्रता दिलाइन्। उनले सविता रानाको क्रसलाई सदुपयोग गर्दै उत्कृष्ट हेडरमार्फत गोल गरिन्।
खेल अवधिभर नेपालले अन्य थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्नबाट चुक्यो। सन् २०१८ मा नेपालले किर्गिस्तानलाई ८-२ को फराकिलो अन्तरले हराएको थियो। यस पटकको खेल प्रतिस्पर्धात्मक देखिए पनि नेपालले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।
चार टोली सहभागी प्रतियोगितामा शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। तुलनात्मक रूपमा म्यानमार र लेबननलाई बलियो टिम मानिएको छ। जसका कारण नेपाललाई फाइनल यात्रा सुनिश्चित गर्न प्रत्येक खेल महत्त्वपूर्ण हुनेछ।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा म्यानमार र लेबनन आमनेसामने भएका थिए।
+ There are no comments
Add yours