नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

०५ फागुन, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि।ले भैरहवा स्थित होटल टाईगर प्यालेसमा एम।डि।आर।टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको उक्त सम्मान कार्यक्रममा विजेता अभिकर्ताहरूलाई खादा माला र सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।

तोकिएको बीमाशुल्क सङ्कलन गरी नेपालभरबाट योग्य भएका ४ जना सीओटी र ८३ जना एमडिआरटी अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले अभिकर्ताहरूको प्रतिष्ठित संस्थाको लागि योग्य हुनु अभिकर्ताहरूको वृत्ति विकासको लागि महत्वपूर्ण रहने विश्वास व्यक्त गरे । कम्पनीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन निरन्तर लगानी गर्ने जानकारी गराए ।

समारोहमा चर्चित कलाकार मनोज गजुरेलको मनोरञ्जनात्मक एवं व्यक्तित्व विकास सम्बन्धमा प्रस्तुति रहेको थियो । सम्मानित बिजनेस लिडरहरूले प्रमुख कार्यकारी अधिकृतज्यूबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours