स्पष्टताका लागि म्याक्स बास अन : अब इसेवामा !

०५ फागुन, काठमाडाैं । नेपाली अडियो ब्राण्ड म्याक्स बासले आफ्नो पहिलो उत्पादन म्याक्स बास अन वायरलेस एयर बड्स बजारमा ल्याएको छ । लिसन लाईक नेभर बिफोर भन्ने नाराका साथ सुरु भएको उक्त ब्रान्डद्वारा उत्पादित म्याक्स बास अन वायरलेस एयर बड्समा एकदमै राम्रो आवाज सुनिन्छ साथै किफायती पनि छ । अझ यसको नयाँ फिचरले सर्वसाधारणको ध्यान आकर्षण गरेका छ ।

म्याक्स बास अन वायरलेस एयर बड्समा बाहिरको आवाजलाई कम गर्न ४० बिडीसम्मको एक्टिभ न्वाईज क्यान सिलिङ, त्यसै गरी चार वटा माइक्रोफोनका साथ अल कल न्वाईज क्यान सिलिङ एकदमै स्पष्ट आवाजको लागि १३ एमएम डायनामिक ड्राईभर जस्ता अद्भुत फिचर रहेको छ ।

यो इयरबड्स एकपल्ट चार्ज गरेपछि ६-८ घण्टासम्म मज्जाले चलाउन सकिन्छ, र पावर डिस्प्ले समेत भएको चार्जिङ केसले ४८ घण्टासम्म ब्याट्री ब्याक अप दिन्छ । यति मात्र नभई यस इयरबड्लाई पानीले पनि नबिग्रिने गरी डिजाइन गरिएको छ । यसमा भएको ट्रान्सप्लान्ट मोड फिचरले बाहिरको आवाज पनि सुनिन्छ ।

यो म्याक्स बास अन वायरलेस एयर बड्स गेम खेल्ने र सङ्गीत प्रेमीलाई अत्यन्त राम्रो प्रोडक्ट साबित भएको छ । साथै यसमा भएको टच कन्ट्रोलको साहयताले भोल्युम बढाउने तथा फोन उठाउन जस्ता कार्यलाई सजिलो बनाएको छ ।

यसको बजारको मूल्य ३,५०० रुपैयाँ हो, तर अहिले विशेष अफरमा ग्राहक वर्गले १,९९९ रुपैयाँमा नै खरिद गर्न सक्नेछन् । उक्त प्रडक्टमा ६ महिनाको वारेन्टी, चार्जिङ केबल, इयर टिप्स र म्यानुअल पनि उपलब्ध रहेको छ ।

सङ्गीत होस् वा गेम, मिटिङ होस् वा आफ्नो प्रिय मान्छेसँगको कुराकानी म्याक्स बास अन वायरलेस एयर बड्सको साथ अब हरेक कुराकानी हुन्छ अझ स्पष्ट र सुमधुर । अब यो सुमधुरताको अनुभव लिन नेपालमा डिजिटल भुक्तानीको सुरुवात गरेको ई सेवाबाट सुपथ मूल्यमा म्याक्स बास अन वायरलेस एयर बड्स खरिद गर्न सकिन्छ भने दराजमा समेत विशेष अफरको साथ उपलब्ध छन् । साथै वेबसाइटबाट पनि खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours