सुरजसिंह ठकुरीको ‘काल’ अवतार, यस्तो छ विज्ञान कथा ‘एक्लो’को झलक

०४ फागुन, काठमाडौँ । नेपाली कथानक फिल्म ‘एक्लो’ले धमाधम शीर्ष पात्रको पोस्टर सार्वजनिक गरिरहेको छ । आइतबार शीर्षमध्येका एक कलाकार सुरजसिंह ठकुरीको चरित्र दर्शाइएको छ ।

फिल्ममा उनले ‘काल’ नामक पात्रको भूमिका निर्वाह गरेका छन् । मेकअप, हेयर स्टाइल र पोस्टर कम्पोजले उनको पात्रलाई कौतुहलपूर्ण र रोचक बनाएको छ । पोस्टरले फिल्ममा ठकुरी खलपात्रको चरित्रमा देखिने बुझ्न सकिन्छ ।

प्रदीप शाहीको यो तेस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । अहिले बेलायतमा फिल्मको सम्पादन भइरहेको छ । पोस्ट-प्रोडक्सन सकिएपछि प्रदर्शन मिति तय गरिने जानकारी निर्देशक शाहीले दिए ।

यो ‘साइन्स फिक्सन’ फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली लगायतको अभिनय छ । बेलायती कलाकार जेमी बेकन पनि महत्वपूर्ण रोलमा छन् ।

फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।

तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाड बीचमा रहेको गुफाभित्र लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । निर्मातामा राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours