बाइकर्स क्याफेको ‘४०० रश’ सम्पन्न

०४ फागुन, काठमाडौं । ४०० सीसी बाइक चालकलाई ध्यानमा राखेर बाइकर्स क्याफेले नगरकोटसम्मको एक दिने ‘४०० रश’ सम्पन्न भएको छ। शनिबार विहान सात बजे नक्सालस्थित बाइकर्स क्याफेबाट सुरू भएको ‘४०० रश’मा ट्रायम्फ, एनएस, डोमिनार, केटिएम जस्ता बाइक चालकहरू सहभागी थिए।

यात्रामा बाइक चालकहरूका लागि रोमाञ्चक खेलहरू, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न गिफ्टहरूको व्यवस्था गरिएको थियो। सबैभन्दा रोमाञ्चक कुरा ‘४०० रश’ मा सहभागी हुनेहरूले स्पीड फेस्ट २०२५ मा सामेल हुने विशेष अवसर पनि पाउने छन्।

यो नेपालकै सबैभन्दा ठूलो बाइक महोत्सव हो, जहाँ सुपरबाइकहरूलगायत रकहेड्स र द एलमेन्ट्सको लाइभ म्युिजक, टेस्ट राइडहरू, स्टलहरू, रमाइला खेलहरू जस्ता धेरै आकर्षक कार्यक्रमहरू हुने आयोजकको भनाइ छ।

बाइकर्स क्याफे काठमाडौंका बाईकिङ समुदायका लागि पर्यायवाची नाम हो। यस क्याफेले थुप्रै बाइक राइड र भेलाहरुको सफलतापूर्वक आयोजना गरिसकेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours