०४ फागुन, काठमाडौं। बलेफी हाइड्रोपावरले अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।
कम्पनीले संस्थापक समूह/सर्वसाधारण समूहतर्फको लकईनमा रहेको- सर्वसाधारण समूह तर्फको लकईनमा नरहेको समेत गरी १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयरहरू खरीद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले मिति फागुन १४ गते भित्र तोकिएको स्थानबाट आवेदन दिनु पर्ने छ ।
लगानीकर्ताले एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौं, चिप्लेढुङ्गा, पोखरा, ट्राफिकचोक, बुटवल, आदर्शनगर, वीरगंज गोल्छाचोक, विराटनगरबाट आवेदन दिनु पर्ने छ ।
सेयर बिक्रीको लागि न्यूनतम मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको छ । बोलपत्र फाराम लाहाछाप लगाई शिलबन्दी गरिएको हुनु पर्ने कम्पनीले जनाएको छ ।
+ There are no comments
Add yours