ट्रकमा लोड भएको सिलिन्डरबाट एक्कासि ग्यास लिक भएपछि

०२ फागुन, काठमाडौं । काठमाडौंबाट नुवाकोटको त्रिशूली जाँदै गरेको ट्रकमा रहेको ग्यास सिलिन्डर लिक भएको छ ।

काठमाडौंबाट त्रिशूलीको धोबीघाट जाँदै गरेको बा२ख ४६७३ नम्बरको ट्रकमा लोड गरिएको एमानिया ग्यास सिलिन्डर त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेंसी नगरपालिका-८ बाहुनडाँडामा पुग्दा एक्कासि लिक भएर धुवाँ निस्किएको थियो ।

कोल्ड स्टोरमा प्रयोग गरिने एमोनिया ग्यास लिक भएर धुवाँ आइरहेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी टोलीले दमकलको प्रयोग गरी थप क्षति हुन नदिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रकमा रहेका १७ वटा सिलिन्डरमध्ये एउटा सिलिन्डरको ग्यास लिक भएको पाइएको छ ।

ग्यास निभाउन केही समय राजमार्ग अवरुद्ध गरिएको थियो ।

ग्यास निभाउने काम सकिए सँगै ग्यास सिलिन्डर बोकेको ट्रक गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours