०१ फागुन, काठमाडौं । हामीले चलाउने गरेका ल्यापटप समयसँगै स्लो बन्दै जान्छन् । कहिलेकाहीँ प्राविधिक कमजोरी तथा उच्च क्षमताको अत्यधिक प्रयोगका कारण पनि त्यस्तो हुनसक्छ ।
तर, ल्यापटपको स्पीड कम हुनुमा कतिपय अवस्थामा प्रयोगकर्ताको आनीबानी अर्थात् ल्यापटप चलाउने तरिका पनि जिम्मेवार हुन्छन् । त्यसैले स्लो भएको आफ्नो ल्यापटपलाई ‘फास्ट’ बनाउनका लागि यी उपाय अपनाउन सक्नुहुन्छ ।
अनावश्यक फाइल वा प्रोग्राम यसरी हटाउनुहोस्
- सुरूमा कन्ट्रोल प्यानलमा जानुहोस् । uninstall a program छान्नुहोस् ।
- त्यहाँबाट तपाईले आफुले प्रयोग नगर्ने प्रोग्रामहरु हटाउन सक्नुहुन्छ । त्यस्ता प्रोग्रामले ल्यापटपको ब्याकग्राउण्डमा चलेर सिस्टमलाई सुस्त बनाउँछन् । तपाइँले आफ्नो ल्यापटपमा रहेका विभिन्न अनावश्यक फोटो, भिडियो तथा अन्य फाइलहरु पनि हटाउन सक्नुहुनछ ।
डिस्क यसरी सफा गर्नुहोस्
- विन्डोज सर्चबारमा Disk Cleanup टाइप गर्नुहोस् र Enter बटन थिच्नुहोस्
- त्यसपछि आफूले सफा गर्न चाहेका फाइल छान्नुहोस् ।
- अस्थायी फाइल, डाउनलोड गरिएका प्रोग्राम फाइल तथा अनावश्यक डेटा हटाउनका लागि चेकबक्समा टिक गर्नुहोस्
याममा यसरी सुधार गर्नुहोस्
- यदि तपाईँको ल्यापटपमा पर्याप्त र्याम छैन भनेपनि ल्यापटपको स्पीड कम हुनसक्छ । त्यसैले तपाईले ४ जिबी वा त्यसभन्दा बढी क्षमताको र्याम भएको ल्यापटप खरीद गर्नुपर्छ । साथै आवश्यक पर्दा ल्यापटपको र्याम अपडेट पनि गर्न सक्नुहुन्छ ।
- एन्टीभाइरस स्क्यानको प्रयोग गर्नुहोस्
मालवेयर वा भाइरसले समेत तपाइँको ल्यापटपलाई सुस्त बनाएको हुनसक्छ । यस्तोमा तपाइँले आफ्नो ल्यापटपलाई सुरक्षित तथा फास्ट राख्नका लागि आधिकारिक एन्टीभाइरसको प्रयोग र अपडेट गर्नुपर्छ ।
एजेन्सीको सहयोगमा
+ There are no comments
Add yours