०१ फागुन, काठमाडौं । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका छन् ।
उनले बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंहसमक्ष सपथ लिएका हुन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रममा उनले सपथ लिएको राष्ट्र बैंकले जनाएको छ ।
अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समिति सदस्य रहने प्रावधान छ । उपाध्यायलाई सरकारले हालै अर्थ सचिवको जिम्मेवारी दिएको हो ।
+ There are no comments
Add yours