सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

०१ फागुन, काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले २ लाख १३ हजार १९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरलाई दिइएको छ । संस्थापक सेयरधनीहरुले चैत ६ गतेभित्र कम्पनीको केन्द्रिय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा निवेदन पेश गर्न सक्ने छन् ।

उक्त समयभित्र कोहि कसैको निवेदन प्राप्त नभएमा नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उपरोक्त शेयरहरु बिक्रि गर्न आवश्यक प्रकृया अगाडि बढाइने बताइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours