३० माघ, काठमाडौं । साढे लाख रुपैयाँसहित काठमाडौंको चन्द्रागिरिबाट प्रहरीले जुवातास खेलेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–१ बोशीगाउँ बस्ने वीरेन्द्र महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा वीरेन्द्र समेत ११ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ५० हजार १ सय १ रूपैयाँ, कौडा १८ थान र ३ बुक ताससहित पक्राउ गरेको हो ।
+ There are no comments
Add yours