रोयल इनफिल्ड महाराइड : जनकपुरदेखि सिन्धुलीसम्म रोमाञ्चक यात्रा

२९ माघ, काठमाडौं । जनकपुरदेखि सिन्धुलीसम्म रोयल इनफिल्ड महाराइड यात्रा सम्पन्न भएको छ ।

सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवर्द्धन, अनुशासित राइड, भातृत्व विकास र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउने यात्राको मुख्य उद्देश्य रहेको थियो ।

जनकपुरस्थित रोयल इनफिल्ड शोरुमबाट सुरु भएको यात्रामा ६१ जनाको सहभागिता रहेको थियो । महाराइड यात्राको नेतृत्व रोड क्याप्टेन विमल श्रेष्ठले गरेका थिए ।

मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रञ्जित यादवले यात्राको उद्घाटन गरेका थिए भने झन्डोत्तोलन अल्फा अटोमोटिभका निर्देशक मेघराज पैडेल, नेशनल कार्ट हेड दीपेश श्रेष्ठ र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काले गरेका थिए ।

यात्राको उद्घाटन गर्दै यादवले सडक सुरक्षाबारे आफ्नो धारणा राखेका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours