विशाल बजार कम्पनीको लाभांश घोषणा, साधारणसभा आह्वान

२९ माघ, काठमाडौं । पुँजीकरणका आधारमा सेयर बजारको सबैभन्दा ठूलो कम्पनी विशाल बजारले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

वर्षौंपछि कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई १४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । साथै कम्पनीले फागुन २८ गतेका लागि साधारणसभा बोलाएको छ । यो लाभांश प्रस्ताव साधारणसभामा लगिँदैछ ।

साधारणसभाले लाभांश पारित गर्नुका साथै सेयर पूँजी ४ अर्ब १ करोड अनुमोदन गर्नेछ । फागुन ९ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।

फागुन ८ गतेसम्म सेयर होल्ड वा खरिद गरेकाले साधारणसभामा सहभागिता जनाउन र लाभांश पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ हजार ७ सय रुपैयाँ हाराहारीमा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours