२९ माघ, काठमाडौं । कोकाकोला उत्पादक बोटलर्स नेपालका दुवै कम्पनी बालाजु र तराईको नोक्सानी बढेको छ ।
सार्वजनिक दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार बोटलर्स नेपाल बालाजुको साउनदेखि पुस मसान्तसम्मको नोक्सानी २४ करोड ५० लाख रुपैयाँ छ ।
गत वर्षको यसै अवधिमा यस्तो नोक्सानी १५ करोड १५ लाख रुपैयाँ थियो । आम्दानी घट्नु तर बिक्री लागत बढ्दा नोक्सानी बढेको देखिन्छ । कुल आम्दानी पहिले ४ अर्ब ५८ करोड रुपैयाँ रहेको बालाजुको अहिले ४ अर्ब ३६ करोड छ ।
बालाजुको प्रतिसेयर आम्दानी २४० रुपैयाँ ऋणात्मक भएको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ३ हजार २७९ रुपैयाँ छ । सोमबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता १७ हजार ६०४ रुपैयाँ छ ।
बोटलर्स नेपाल तराईको चालु आव ६ महिनाको नोक्सानी ११ करोड ८९ लाख रुपैयाँ छ । गत आवको यसै अवधिको नोक्सानी ७ करोड ४१ लाख रुपैयाँ थियो ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १९७ रुपैयाँ ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ३ हजार ३७९ रुपैयाँ छ । सोमबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता १३ हजार ५ सय रुपैयाँ छ ।
+ There are no comments
Add yours