अर्बिट इनर्जीले आइपिओ निष्काशन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धक

२८ माघ, काठमाडाैं । अर्बिट इनर्जी लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ । प्रति शेयर १०० रूपैयाँ अंकित दरका ५० लाख कित्ता सेयर निष्काशन गर्नका लागि कम्पनीले कुमारी क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबज्धकमा नियुक्त गरेको हो ।

उल्लेखित साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्ने सम्बन्धमा अर्बिट इनर्जी लिमिटेडका महाप्रबन्धक सुदिप खड्का तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

अर्बिट इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका स्थित साभाखोलाको पानी सदुपयोग गरि सभा खोला बी २१.५ मेगावाट र सभा खोला सी ६.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको निर्माण कार्य करिव ५५ प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड तथा इटालीको ट्रोएर एजी कम्पनीका अत्याधुनिक इलेक्ट्रोमेकानिकल सामग्रीहरु जडान गरि १ बर्ष भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।

आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको पनि कम्पनीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours