लुम्बिनी विकास बैंक र होटल वृन्दावन बिच छुट सम्झौता]]

२८ माघ, काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले होटल वृन्दावन प्रा. लि. मा आफ्ना ग्राहकहरुलाई बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ ।

होटल वृन्दावन प्रा. लि. पर्सा जिल्लाको बिरगञ्ज उप–महानगरपालिका वार्ड नं. १० मा अवस्थित छ । सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंक लि. का सम्पुर्ण ग्राहकहरुलाई होटल वृन्दावन प्रा.लि. का बिभिन्न सेवा तथा सुबिधाहरुमा ३०% सम्म छुट प्रदान गर्ने छ ।

होटल वृन्दावन प्रा.लि. को विभिन्न सेवा तथा सुबिधाहरु अन्तर्गत ग्राहकहरुले खानाका परिकार तथा पेय पदार्थहरुमा १०% साथै होटल कोठाहरुको शुल्कमा ३०% छुट लिन सक्ने छन् ।

सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बिरगञ्ज शाखाका प्रबन्धक कृष्ण कुमार महतो र होटल वृन्दावन प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक पप्पु सराफ ले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours