‘मिसन इम्पोसिबल ८’ ट्रेलर : जहाजबाट हामफाल्दै गरेका टम क्रूजको खतरनाक एक्सन

२८ माघ, लस-एन्जलस । ‘तिमीले मलाई अन्तिम एकपटक विश्वास गर्न जरुरी छ’

आगामी फिल्म ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’को नयाँ ट्रेलरमा आफ्नो जासुस एजेन्सी आइएमएफका अन्य सदस्यलाई अभिनेता टम क्रुज आग्रह गर्दैछन् । संसारलाई नयाँ धम्कीबाट जोगाउन खतरनाक मिसनमा निस्कन उनी भनिरहेका छन् ।

क्रुजलाई इथन हन्ट नामक जासुस पात्रको भूमिकामा चित्रण गरिएको फिल्मलाई प्यारामाउन्ट पिक्चर्सले आगामी २३ मेमा रिलिज गर्ने तयारी छ । जासुस पात्रको रोलमा यो फिल्म क्रुजको अन्तिम हुनसक्ने बताइएको छ ।

‘मिसन इम्पोसिबल’ श्रृंखला खतरनाक एक्सन दृश्यले परिचित छ । अघिल्ला श्रृंखलामा क्रुजले बुर्ज खलिफा, चट्टानबाट मोटरसाइकल हाँक्ने लगायतका स्टन्ट प्रस्तुत गरेका छन् ।

‘१२० देखि १३० माइल प्रतिघण्टाको गतिमा उडिरहेको जहाजमा अक्सिन हुँदैन’ अम्पायर म्यागजिनसँग क्रुजले भनेका छन्, ‘यसकारण मैले आफूलाई सास कसरी फेर्ने भनेर तालिम दिएको थिएँ । शारिरिकरुपमा यसो गर्दा म ककपिटमा फर्किन पनि असमर्थ हुने गर्थेँ ।’

यो सिरिजको अघिल्लो श्रृंखला गत नोभेम्बरमा ‘डेड रेकोनिङ’को नाममा रिलिज भएको थियो । ‘फाइनल रेकोनिङ’ शीर्षक तय गरिएको यो श्रृंखलामा अभिनेत्री एन्जेला बसेट सीआइएको निर्देशकको भूमिकामा देखिएकी छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours