बस्ताकोटीको ‘विसंगत बस्ती’ लाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार

२८ माघ, नर्थ क्यारोलाइना । कवि तथा गीतकार डा. ऋषि बस्ताकोटीको ‘विसंगत बस्ती’ ले हरि उत्कृष्ट प्रतिभा-२०८० पुरस्कार पाएको छ ।

अमेरिकाको नर्थ क्यारोलाइनमा आयोजित पुरस्कार वितरण समारोहमा स्थानीय साहित्यप्रेमीका साथै जूममार्फत् नेपाल लगायत विश्विका विभिन्न सहरबाट साहित्यप्रेमीहरू सहभागी थिए ।

हरि सांस्कृतिक केन्द्रका अध्यक्ष डा. प्रभा कैनीले जूममार्फत काठमाडौँबाट सम्बोधन गर्दै स्रष्टा डा. बस्ताकोटीको साहित्यिक योगदान बारे चर्चा गरिन् ।

नेता राजेश्वर देवकोटाले प्राप्त गरेको मदन पुरस्कार र साझा पुरस्कार राशीबाट २०२६ सालमा पिता हजुरबुवा हरिभक्त देवकोटामा नाममा स्थापित हरि सांस्कृतिक केन्द्रले यो पुरस्कार प्रदान गर्दै आएको छ ।

केन्द्रले गोरखामा जन्मेका वा गोरखासँग सम्बन्धित रहेर साहित्यिक काम गर्ने स्रष्टाहरूलाई हरेक वर्ष श्रीपञ्चमीको दिन हरि उत्कृष्ट प्रतिभा पुरस्कार प्रदान गर्छ ।

गोरखाको लिगलिग पाथिभरामा जन्मेर तीन दशकदेखि नेपाली साहित्यमा योगदान गर्दै आएका बस्ताकोटीलाई यस वर्ष पुरस्कृत गरिएको कैनीले बताइन् ।

समारोहमा कवि नारायणप्रसाद पोखरेललाई राजेश्वर देवकोटा विद्वत्तवृत्ति सम्मान पनि प्रदान गरिएको थियो । नर्थ क्यरोलाइना नेपाली साहित्य समाजका अध्यक्ष शिखर दुलालले पुरस्कृत कृति समाजको ऐना जस्तै भएको र यसमा भएका मुक्तकहरूले बेथिति, कुसंस्कार र अव्यवस्था विरुद्ध शब्दको आन्दोलन सुरु गरेको बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours