तनहुँमा प्रहरीलाई कुटेको आरोपमा चार जना पक्राउ

२८ माघ, तनहुँ । प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा तनहुँ प्रहरीले ४ जना युवालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुमाथि तनहुँ व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट गरेको आरोप छ ।

पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक प्रहरीले जनाएको छ । शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours