उपरथी रायमाझीलाई सैनिक इन्टेलिजेन्सको जिम्मेवारी

२३ माघ, काठमाडौँ । नेपाली सेनाका उपरथी नकुलबहादुर रायमाझीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित समारोहमा उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

योसँगै उनले सैनिक इन्टेलिजेन्स महानिर्देशनालयको जिम्मेवारी पाएका छन् । रायमाझीलाई पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले सहायक रथीबाट उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours