कालीगण्डकी खोँचमाथिको स्काई क्याफेमा पर्यटनमन्त्री पाण्डे

२१ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले द क्लिफमा सञ्चालनमा रहेको स्काई क्याफेको मजा लिएका छन् ।

नेपाली कांग्रेस पर्वत जिल्ला सभापति युवराज जोशीसँगै द क्लिफ पुगेका मन्त्री पाण्डेले स्काई क्याफेमा खाजा खाएर रमाइलो गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।

मन्त्री पाण्डेले द क्लिफ नमुना पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सफल भएको भन्दै प्रशंसा गरेका थिए ।

एडभेन्चर टुरिज्म हबका रूपमा विकास भइरहेको द क्लिफको स्काई क्याफे सरकारी निकायका प्रतिनिधि, राजनीतिज्ञ, कूटनीतिक नियोगका पदाधिकारी, कलाकार तथा सर्वसाधारणको समेत रोजाइमा पर्दै आएको छ ।

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, माओवादी केन्द्रका नेता जनार्दन शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अभिनेत्री वर्षा सिवाकोटी, गायक प्रकाश सपुत लगायतले स्काई क्याफेको अनुभव लिइसकेका छन् ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदी खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours