१८ माघ, गोरखा । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भिमसेनथापा गाउँपालिका–४ गैरा गाउँ बस्ने ७० वर्षीय खुन्ते सार्कीको करेन्ट लागेर बिहीबार बेलुकी मृत्यु भएको हो ।
सोही गाउँपालिका–४ आहाले पानीस्थित बारीमा रहेको रूख काट्ने क्रममा रूखको हाँगाले बिजुलीको तारमा छुन गई करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
+ There are no comments
Add yours