प्रेसमिटमा भक्कानिइन् दिब्या, ‘सपना पुरा हुन्छ भन्दै गर्दा स्तब्ध भएँ’

१८ माघ, काठमाडौं । फिल्म ‘एक्टर : टेक वन’ले रिलिजबारे जानकारी दिन विहिबार पत्रकार सम्मेलन गर्‍यो । यो प्रेसमिटमा कलाकार र निर्मातामा हैरानी, चिन्ता र छट्पटी स्पष्ट देखियो । डेब्यु एक्ट्रेस दिब्या रायमाझीले आफूलाई सम्हाल्न सकिनन् ।

रायमाझी भावुक देखिइन् । रिलिज रोकिएको खबर सुन्दा आफू स्तब्ध भएको उनको भनाई छ ।

‘रिलिज नै रोकिएपछि ‘म कहाँ आएँ’ भन्ने भएको थियो । मैले त कति धेरै सपना र अपेक्षा बोकेर आएको थिएँ । रिलिजको एक दिनअघि फिल्म नै रिलिज नहुने भन्ने सुनेँपछि एकदमै दुःख लागेको थियो,’ बोल्दाबोल्दै उनले आँसु झारिन् र टिस्यु पेपरले आँखा पुछिन् ।

‘यस्ता घटनाले तपाईंजस्तो नवप्रवेशीलाई कस्तो प्रभाव पार्छ ?’ उनले भनिन्, ‘यस्तो घटना कसैले पनि भोग्नु नपरोस् । फिल्म क्षेत्रमा छिर्दा नै यस्तो ‘इन्सिडेन्ट’ हुँदा म त के भनुँ र के गरुँ भन्ने अवस्थामा पुगेको थिएँ । लामो समयपछि मेरो सपना पूरा हुँदैछ भनेर म एकदमै खुसी थिएँ । जब फिल्मको रिलिज रोकियो भन्ने खबर सुनेँ, म स्तब्ध भएँ । अब फिल्म रिलिज हुने कुराले अलि ‘रिलिफ’ महसुस गरेकी छु ।’

अभिनेता प्रदीप खड्काले कतिपय व्यक्तिबाट असहयोग मिलेको बताए । उनले भने, ‘सरकारी निकायबाट स्वीकृति लिएर अनि सेन्सर पास भइसकेपछि पनि रिलिजको संघारमा आएर फिल्म रोकिन सक्छ भन्देखि यसले के उदाहरण पेस गर्छ ? यसमा विवेकको प्रयोग भएको छैन । कहाँ–कहाँबाट विवेकको प्रयोग भएन, त्यो पछि समीक्षा गरौंला ।’

सेन्सर भइसकेपछि रिलिज हुनुपर्ने उनको तर्क छ । ‘सेन्सर पास भइसकेपछि फिल्म रिलिज हुनैपर्छ । रिलिज हुँदै गर्दा पनि बहस र सल्लाह हुनसक्छ । कोही पीडित हो भने त्यो निक्र्यौल गरेर क्षतिपूर्ति पनि तिराउन सकिन्छ । तर, यो फिल्मको हकमा यी कुनै पनि विषय होइन’ उनले भने ।

डेब्यु निर्देशक राजन भुसाले पनि आक्रोशित सुनिए । उनी फिल्म क्षेत्रका संघसंस्थाले असहयोग गरेको भन्दै असन्तुष्ट सुनिए । अदालतको आदेश आएपछि फिल्म नै नबनाउने मनस्थितीमा आफू पुगेको उनले बताए ।

‘२/३ दिनदेखि जुन किसिमको ‘मेन्टल प्रेसर’ थियो, त्यसले गर्दा म यो क्षेत्र नै छाडिदिन्छु भन्ने अवस्थामा पुगेको थिएँ । अब दर्शकले राम्रो काम गर्न सक्ने रहेछ भन्नुभएछ भने आगामी दिनमा पनि फिल्म बनाउँछु । नभए सोच्न बाध्य हुनेछु,’ उनले भने ।

You May Also Like

More From Author

+ There are no comments

Add yours