१७ माघ, काठमाडौँ । सोनाम ल्होछार २८६१ का अवसरमा बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शनी गरिएकाे छ । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित सहभागी भएकाहरुले गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरेका हुन् ।
सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।

ल्होसारको परम्परा:
तामांङ्गहरूले आफ्नो वर्षलाई १२ महिना वा चक्रमा विभाजन गर्ने गर्दछन्, र, प्रत्येक जनावरले एक राशिफलको प्रतीक वा प्रतिनिधित्व गर्दछ। यसले नयाँ सालको महिनाहरूको चिनारी क्रमलाई पनि अनुसरण गर्दछ र यो पनि भनिन्छ कि लामो समय पहिले जब नेपालमा कुनै पात्रो थिएन तब उनीहरूले १२ राशिको प्रतीक प्रणाली व्यक्तिको उमेर गणना गर्न समेत प्रयोग गर्ने गर्दथे।
अन्य विभिन्न समुदाय वा देशहरूमा जस्तै तामांङ्गहरूले पनि आफ्नो नयाँ वर्षको चाडलाई अर्थात् ल्होसार लाई ठुलो खुसी र धार्मिक चाडपर्वका रूपमा मनाउँदछन्, जुन स्थान र सामाजिक स्थितिको आधारमा सामान्यतया कम्तीमा पाँच दिनदेखि अधिकतम पन्ध्र दिनसम्म मनाउने गरिन्छ।

ल्होसारको तयारीको रूपमा, यस समुदायले नयाँ वर्षलाई स्वागत गर्न आ- आफ्नो घर सफा गर्ने र सजावट गर्ने गर्दछन्। अरु समुदायहरूले झैँ आफ्नो परम्परामा अनुसार तामांङ्ग समुदायका मानिसहरूले पनि नयाँ लुगाहरू किन्ने, आ -आफ्ना जीवन स्तर अनुसार घरको साज सज्जा गर्ने गर्छन्। त्यसै गरी घरका झ्याल, ढोका हरू आर्थिक अवस्थाले सके सम्म रङ्ग रोगन गर्छन् भने नसकेको खण्डमा रङ्गिन कागजात र कपडाहरूले “राम्रो भाग्य”, “खुसी”, “धन”, र “दीर्घायु” को कामना रहित विभिन्न वस्तुहरूले घर इत्यादि सजाउने चलन समेत रही आएको छ। ल्होसारको अवसरमा आफन्तहरूलाई खाना खान बोलाउने, सबै छर- छिमेक सँगै मिलीजुली, स-परिवार गक्षले भ्याए सम्म राम्रो मिठो खानपिन गरी नयाँ वर्ष को आगमनमा खुसी हुने चलन रही आएको छ।
घरका छानाहरू सहित स्तुपाहरु, छोर्तेनहरु, मठ मन्दिरहरू, र हिमालय भेग तिर पहाडका टुप्पाहरू लाई पनि रंगीबिरंगी प्रार्थनाका झन्डाहरूले सजाउने गरिन्छ, जुन झन्डाहरू पाँच वटा रङ्ग समावेश गरी बनाइएको हुन्छ, ती पाँच रङ्गहरूले पन्च तत्त्वहरूको प्रतिनिधित्व गर्दछ। यसरी यी सजावटका सामानहरू राख्नु को उद्देश्य वर्ष भरि घर परिवार सबै तिर शान्ति, सुरक्षा, र सद्भाव कायम रहोस् भन्ने हो।
नयाँ वर्षको पहिलो दिनमा तामांङ्गहरू स-परिवार तथा साथीहरू सहित परम्परागत पोसाकमा स्तुपा र मठ-मन्दिर हरू इत्यादि को दर्शन र भ्रमण गर्दछन्। यस अवसरमा, विहारहरूमा बौद्ध भिक्षुहरूले विभिन्न प्रकारका मुकुट र विशिष्ट पहिरन लगाएर भिन्न भिन्न नृत्यहरू पनि प्रदर्शन गर्छन्। र, भिक्षुहरूले नकारात्मक शक्तिहरूलाई निष्कासन गर्ने र परिवार र सामान्य जनताहरूका जिन्दगीमा सकारात्मकता ल्याउने उद्देश्यका साथ धेरै किसिमका अनुष्ठानहरू समेत गर्छन्।


+ There are no comments
Add yours