१६ माघ, काठमाडौं । अमेरिकी सरकारले अवैध रुपमा बसिरहेको १ हजार ३६५ आप्रवासीलाई घर फर्काउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा बसेका आप्रवासीलाई घर फर्काउने निति लिएपछि १ हजार ३६५ नेपाली निष्काशनमा पर्ने भएका हुन् ।
अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको छन् । ती मध्ये १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्ने भएका हुन् ।
अमेरिकाबाट फर्काइन लागेकाहरुमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकहरु रहेका छन् ।
होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् । चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासनमा पर्ने भएका हुन् ।
+ There are no comments
Add yours