सुनको मूल्य दुईदिनमा प्रतिताला २३ सय रुपैयाँले घट्यो

१६ माघ, काठमाडौं । सुनको मूल्य दुई दिनमा प्रतितोला २३ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ९०० रुपैयाँले घटेको सुन बुधबार १४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदी १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७६२।९९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०।४१ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours