१५ माघ, काठमाडौं। मंगलबार सुन प्रतितोला ९०० रुपैयाँले घटेको छ । सोमबार ३०० रुपैयाँले घटेको सुनको भाउ मंगलबार ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदी १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७४०.१३ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.०५ डलरमा कारोबार भइरहेको छ ।
+ There are no comments
Add yours