१५ माघ, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै भूभागहरूमा हुस्सु/कुहिरो रहेको छ ।
मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
बुधबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
बिहीबार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आन्शिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
+ There are no comments
Add yours