ला लिगामा बार्सिलोनाकाे भ्यालेन्सिया विरुद्ध ७–१ को सानदार जित

१४ माघ, काठमाडाैं । स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि गोलको वर्षा नै गरेको छ । शानदार प्रदर्शन गरेका फर्मिन लोपेजले दुई गोल गर्नुका साथै दुई एसिस्ट गरेपछि बार्सिलोना ७–१ ले विजयी भएको हो ।

दोस्रो मिनेटमा नै फ्रान्क डी जोंगले बटम कर्नरमा प्रहार गर्दै शानदार गोल गरेका थिए । त्यसको पाँच मिनेटपछि नै फर्नान टोरेसले अर्को गोल थपे । राफिन्हाले खाली पोस्टमा गोल गरेपछि बार्सिलोना १४ औँ मिनेटमा तेस्रो गोलको अग्रता लिन सफल भएको थियो । फर्मिन लापेजले २४ औँ मिनेटमा पहिलो गोल गरे भने पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थपे ।
खेल सकिन ३० मिनेट बाँकी रहँदा डिएगो लोपेजको क्रसमा हुगो डुरोले भ्यालेन्सियाका लागि सान्त्वना गोल गरे । त्यसपछि वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका रोबर्ट लेडवास्कीले गोल गरे ।

यो सिजनको लिगमा उनले बार्सिलोनाका लागि १७ औँ गोल गरेका हुन् । बार्सिलोनाको अन्तिम गोल सेसर टारेगाले गरे । बार्सिलोनाले लिगमा यसअघि सन् २०२४ को अगस्टमा रियल भालाडोलिडलाई ७–० ले हराएको थियो ।

अन्य खेलमा रायो भाल्कानोले गिरोनालाई २–१ ले हरायो भने गेटाफेले रियल सोसिडाडलाई ३–० ले पराजित गरेको छ । एथलेटिक क्लब र लेगानेस बीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

तालिकाका रियल म्याड्रिड ४९ अङ्कसहित पहिलो स्थानमा छ भने एथलेटिको म्याड्रिड ४५ अङ्कसहित दोस्रो तथा बार्सिलोना ४२ अङ्कसहित तेस्रो स्थानमा छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours