उद्योग सञ्चालन गर्न नसक्ने भएपछि मूल्य समायोजन गरेका हौँ : सिमेन्ट उत्पादक संघ

१३ माघ, काठमाडौं । अर्बैं लगानी गरेका उद्योग बन्द हुने अवस्था भएपछि मूल्य बढाइएको सिमेन्ट उत्पादक संघले जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विषम परिस्थितिका कारण सिमेन्ट उद्योगहरूले नोक्सानीमा थप अवधि उद्योग सञ्चालन सक्ने अवस्था सिर्जना भएको संघको भनाइ छ ।

६५ उद्योगमध्ये २२ वटा बन्द भएका कारण थप बन्द नहोस् भन्ने उद्देश्यले संघले साउनको तुलनामा मूल्य बढाएको जनाएको छ ।

उद्योगीहरुले बजार मागमा आएको कमीले गर्दा सरदर ३० प्रतिशतमा उद्योग सञ्चालन गर्न बाध्यताले ठूलो लगानी रहेका प्रायः सबै नेपाली सिमेन्ट उद्योगहरुले ठूलो घाटा व्यहोरिरहेको जानकारी दिएका छन् । उनीहरुले ठूलो नोक्सानीका कारण बैंकहरुबाट लिइएको कर्जा रकमको किस्ता र व्याज भुक्तानी, कच्चा पदार्थहरुको खरिद, आयात, उद्योगहरुमा पछिल्ला केही महिनादेखि नेपाल विद्युत प्राधिकरणबाट १२ घण्टासम्म दैनिक विद्युत कटौती भइरहेको अवस्थामा जेनेरेटरबाट बैकल्पिक उर्जाको व्यवस्था गरी उद्योग सञ्चालन गर्दा उत्पादन लागत अत्याधिक मात्रामा वृद्धि भएको बताए ।

उद्योगले लिएको ऋणको व्याज र किस्ता तिर्न नाफा नभए पनि न्यूनतम उत्पादन लागतसम्म धान्न सक्ने गरी केही महिनायता आफ्नो उत्पादनको बिक्री मूल्यमा सामान्य वृद्धि गरेको संघको भनाइ छ ।

संघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच ०८१ साउन महिनाको उद्योगहरूको बिक्री ५० केजी प्रतिबोरामा (मूअकबाहेक) ११५ रुपैयाँ मात्रै बढाएर बिक्री गर्न आफ्ना सदस्यहरूलाइ आग्रह गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours