सुप्रिम सहकारी ठगी प्रकरण : रविका वकिलले थाले बहस

११ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।

सोही दिन उनको बयान सकिएको थियो । हिजो बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।

बिहीबार सरकारी वकिलहरूले बहस गरेका थिए । आज जाहेरवालाका तर्फबाट वकिलहरूको बहस सकिएपछि अहिले प्रतिवादीका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् ।

प्रतिवादीका तर्फबाट अधिवक्ता सुशिल पन्तको बहस जारी भएको अदालत स्रोतले जानकारी दिएको छ ।

थुनछेक बहस सकिएपछि आदेश आउनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours