खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि छ : प्रधानमन्त्री ओली

११ माघ, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा थप अग्रसर हुने अपेक्षा गरेको बताएका छन् ।

शुक्रबार पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने अपेक्षा छ।’

प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाइ र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे।

‘पाल्पा एक ऐतिहासिक, रमणीय र देश जोगाउन भूमिका खेल्ने जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका जनताले कायमै राख्नुहुन्छ। त्यसकारण मैले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम मेरै पालामा सम्पन्न गर्ने गरी काम भइरहेको छ।’

उद्घाटन कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत उपस्थित थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours