११ माघ, काठमाडौं । रङ् संयोजक जुनिक गहतराज निर्देशित फिल्म ‘ताण्डवम’को रोचक टिजर सार्वजनिक भएको छ । शुक्रबार युट्युवमा सार्वजनिक १ मिनेटको टिजरमा फिल्मको कथावस्तुलाई प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
शीर्ष कलाकार अंकित खड्काले निर्वाह गरेको पात्रलाई प्रस्तुत गर्दै संवादबाट टिजर सुरु हुन्छ । उक्त पात्रको संवाद ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै टिजरलाई अन्त्य गरिएको छ, जसले फिल्मप्रति दर्शकलाई कौतुहल पैदा गर्न सक्छ ।
डार्क थिममा तयार पारिएको टिजरमा सबै पात्रलाई स्थान दिइएको छ । महाशिवरात्रीको अवसरमा फागुन ९ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्ममा अंकित र जुनिमसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ ।
फिल्मले एक नवविवाहित जोडीको कथा भन्छ, जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा अकल्पनीय घटना आउँछ जसले कथावस्तुमा उतारचढाव ल्याउँछ । यो फिल्मलाई पारिवारिक एक्सन थ्रीलर फिल्म बताइएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुअल आट्र्स स्टुडियोको सहकार्यमा फिल्म निर्माण गरेको हो । निर्मातामा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम छन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक छ । कथा, पटकथा र संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
+ There are no comments
Add yours