करेन्ट लागेर एक जनाको मृत्यु

११ माघ, काभ्रेपलाञ्चोक । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पाँचखाल नगरपालिका-११ बाँसकोटेस्थित फर्मग्रो प्रालि बङगुर फर्ममा बत्ती बनाउने क्रममा करेन्ट लागेर सोही फर्ममा काम गर्ने नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१६ केराबारी घर भएका २४ वर्षीय अरूण परियारको बिहीबार साँझ मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours