चिकित्सक लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल

१० माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ७१औं लाइसेन्स परीक्षाको नतिजा चिन्ताजनक आएको छ ।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालित परीक्षामा करिब दुई तिहाइ परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।

काउन्सिल रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार, एमबीबीएस र बीडीएसतर्फ कुल ८४४ जनाले परीक्षामा सहभागिता जनाएका थिए । तर, उत्तीर्ण संख्या मात्र २६२ जना (३१.०४ प्रतिशत) रहेको छ । यसमध्ये ५६२ जना (६८ प्रतिशत) अनुत्तीर्ण भएका छन् ।

मेडिकल तर्फ ७७० जनाले फारम भरेकोमा १७ जना अनुपस्थित रहेका थिए । ७५३ जनाले परीक्षामा सहभागिता जनाउँदा २४१ जना (३२.०१ प्रतिशत) मात्र उत्तीर्ण भए । यस समूहमा ७ जनाको नतिजा रोकिएको छ ।

बीडीएस तर्फ ९५ जनाले फारम भरेकोमा ४ जना अनुपस्थित रहँदा ९१ जनाले परीक्षामा सहभागिता जनाए । त्यसमध्ये २१ जना (२३.०८ प्रतिशत) उत्तीर्ण भए ।

यति कम उत्तीर्ण दरले मेडिकल र डेन्टल कलेजको शैक्षिक गुणस्तरमा प्रश्न उठाएको छ ।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10003 milliseconds with 0 bytes received

You May Also Like

More From Author

+ There are no comments

Add yours