०९ माघ, काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–७ का ५० वर्षीय समुन्द्र अधिकारी, चितवनको राप्ती नगरपालिका–१२ का ४२ वर्षीय राजमान तामाङ र ताप्लेजुङको सिदिङवा गाउँपालिका–५ कि ३० वर्षीया सुमन्ता लिम्बू छिन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । अधिकारीले माल्दिभ्स पठाउने भन्दै ८ लाख, तामाङले युएई पठाउने भन्दै २ लाख र लिम्बुले क्रोएसिया पठाउने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
पक्राउ परेकाहरूलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।
+ There are no comments
Add yours