०९ माघ, काठमाडौं । उद्योगपति शेखर गोल्छाले फिल्म निर्माण गर्ने भएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले निर्माण गर्ने फिल्म ‘परान’को औपचारिक घोषणा गरियो ।
चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिए लगत्तै अनलाइनखबरले यसबारे समाचार सार्वजनिक गरेको थियो । ‘सक्किगो नि’ सिरियलमा काकु नामले चर्चित कलाकार दीपक आचार्यले यसबाट फिल्म निर्देशनमा डेब्यु गर्दैछन् ।
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष गोल्छाले फिल्म निर्माणमा प्रिज्मा एडभटाईजिङका प्रमुख रन्जित आचार्यसँग सहकार्य गर्दैछन् । फिल्म चाहिँ बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा बन्न लागेको हो ।
आयोजित पत्रकार सम्मेलनमा कास्ट एण्ड क्रूबारे जानकारी दिइयो । शीर्ष भूमिकामा नीर शाहले अभिनय गर्नेछन् । शाहसँगै समकालिन अभिनेता मदनकृष्ण श्रेष्ठ र सुभाष गजुरेललाई पनि यसमा देख्न पाइनेछ । शाहको जोडीको भूमिकामा पूजा चन्द देखिनेछिन् ।
अञ्जना बराइली, केकी अधिकारी, प्रविण खतिवडा, महेश त्रिपाठी, यमन श्रेष्ठ पनि कलाकारको रुपमा छन् । छायांकन फागुन पहिलो सातादेखि धनकुटामा हुनेछ ।
‘हामीले फिल्म निर्माण गर्ने भनेर २०१७ मै कम्पनी खडा गरेका थियौँ तर २०२४ मा प्रोजेक्ट अघि बढेको छ । अब निरन्तर नेपाली पन बोकेको फिल्म बनाउने छौं’ पत्रकार सम्मेलनमा निर्मातामध्येका आचार्यले बताए । पि
पत्रकार सम्मेलनमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकार राजेश हमाल, हरिबंश आचार्य, दीपाश्री निरौला, निशा अधिकारी, अशोक शर्मा, कृष्ण मल्ल लगायत सहभागि थिए ।
अभिनेता हमालले धैर्यता बोकेर यो क्षेत्रमा लाग्न निर्मातालाई सुझाव दिए । अध्यक्ष डिसीले यो फिल्म रिलिज भैसक्दा निर्माताले रियल टाइम बक्सअफिस हेर्न पाउने प्रतिबद्धता जनाए ।
+ There are no comments
Add yours