०९ माघ, काठमाडौँ । सुनको भाउ एकै दिनमा प्रतितोला १९ सय रुपैयाँले बढेको छ। मंगलबार ११ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार १९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन एक लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७५०.८९अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.९१ डलरमा कारोबार भइरहेको छ ।
+ There are no comments
Add yours