०८ माघ, काठमाडौं । लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । कांग्रेस सांसद सन्जय गौतमको नेतृत्वमा समितिको उजरी अध्ययन समिति गठन गरिएको हो ।
मंगलबार बसेको सार्वजनिक लेखा समितिले समिति गठन सात सदस्यीय समिति गठन गरेको छ ।
समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, ज्वालाकुमारी साह र अमरेशकुमार सिंह सदस्य छन् ।
लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । मंगलबारको बैठकमा ती उजुरीहरू सांसदहरूलाई बाँडिएको थियो ।
+ There are no comments
Add yours