०८ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नयाँ स्टक एक्सचेञ्जबारे धेरै ठूला खेल र बार्गेनिङ भइरहेको छ भन्ने सुनिएको बताएका छन् ।
सांसद केसीले मंगलबारको संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
उनले स्टक एकसच्ञ्ज नयाँ दिनुपर्ने कारण पनि सोध्दै यसबारेमा समितिले जवाफ लिनुपर्ने सुझावसमेत दिए ।
‘स्टक एक्सचेञ्ज नयाँ दिने कुरा आएको छ । यसमा धेरै ठूलो-ठूलो खेल भइरहेको छ भन्ने सुनिन्छ’, उनले भने, ‘अर्को बन्ने के कारणले हो ? एउटाले किन धान्न सकेन ? यसमा धेरै ठूला बार्गेनिङ र हात छ भन्ने सुनिन्छ । यसबारे समितिले जवाफ लिनुपर्छ ।’
+ There are no comments
Add yours