०८ माघ, काठमाडौं । सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन एक लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन एक लाख ५७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै मंगलबार चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७२५.६२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.६२ डलरमा कारोबार भइरहेको छ ।
+ There are no comments
Add yours