गण्डकी प्रदेशमा विकास बैंकको उपस्थिती धेरै, जिडिपिमा सेवा क्षेत्रको योगदान ५७ प्रतिशत

०७ माघ, काठमाडौँ । गण्डकी प्रदेशकमा बाणिज्य बैंक तथा वित्त कम्पनीहरुको तुलनामा विकास बैंकको उपस्थिती उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गण्डकी प्रदेशमा विकास बैंकको हिस्सा १६.८३ प्रतिशत पुगेको हो ।

केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा बाणिज्य बैंकको हिस्सा ११.८४, फाइनान्सको १२.८४ र लघुवित्तको ११.३४ प्रतिशत रहेको छ । यो हिस्सा देशभरका बैंक वित्तीय संस्थाको तुलनामा गण्डकी प्रदेशमा शाखा भएका शाखा संख्याको आधारमा निकालिएको हो । केन्द्रीय बैंकका अनुसार गण्डकी प्रदेशमा बैंक व्त्तिीय संस्थाका कुल शाखा संख्या एक हजार ४ सय रहेका छन । त्यसो त देशभर बैंक वित्तीय संस्थाका शाखा संख्या ११ हजार ५ सय ३० रहेको छ ।

सो अवधिमा गण्डकी प्रदेशमा वाणिज्य बैंकहरुको शाखा संख्या ५ सय ९९ रहेका छन । देशभर वाणिज्य बैंक्का कुल शाखा ५ हजार ५६ रहेको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी गण्डकी प्रदेशमा विकास बैंकको शाखा संख्या एक सय ९१ रहेको छ भने देशभरको संख्या एक हजार एक सय ३५ रहेको छ । गत आवमा गण्डकी प्रदेशमा लघुवित्तको शाखा संख्या ५ सय ७३ रहेको छ भने देशभर ६ हजार ५१ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार गत आवमा गण्डकी प्रदेशमा एक प्रतिशत शाखाबाट सेवा लिने जनसंख्या एक हजार ७ सय ६१ जना छ । तर, समग्र देशको सन्दर्भमा भने प्रति शाखा सेवा लिने जनसंख्या २ हजार ५ सय २९ रहेको छ ।

गत आवमा गण्डकी प्रदेशका बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सो अवधिमा बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । गत आवमा बैंक तथा वित्तीय संस्थाबाट व्यवसाय जीवन रक्षा कर्जा शिर्षकमा १७ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय तथ्याङक कार्यलयका अनुसार गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन ५ खर्ब १५ अर्बको रहेको छ । गत आवमा यस प्रदेशको आर्थिक वृद्धि ४.२३ प्रतिशतले हुने प्रक्षेपण छ । तर, समग्र देशको आर्थिक वृद्धि भने ३.५४ प्रतिशतमा सीमित हुने कार्यालयले जनाएको छ । त्यसैगरी समग्र अर्थतन्त्रको आधारमा प्रति व्यक्ति आय एक हजार ४ सय ३४ डलर रहेको छ । तर, गण्डकी प्रदेशको भने एक हजार ५ सय ५७ डलर प्रति व्यक्ति आय रहेको कार्यालले जनाएको छ ।

सो अवधिमा गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको सबैभन्दा धेरै ५६.८ प्रतिशत हिस्सा रहेको छ भने प्रथामिक क्षेत्रको २४.५६ र द्धितिय क्षेत्रको १२.५३ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours