बैंक ऋण नतिर्न उक्साउने अराजक गतिविधिले अर्थतन्त्र केही स्लो डाउन : गभर्नर अधिकारी

०७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचक समग्रमा राम्रो रहेको बताएका छन् ।

कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवमा सोमबार अयोजित कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय बाढीपहिरोका कारण निकै ठूलो असर परे पनि राष्ट्र बैंक वाह्य क्षेत्रमा सबल रहेको बताएका हुन् ।

उनले बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरू ‘वेल क्यापिटलाइज’ रहेको दाबी गरे । बैंक ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्र केही ‘स्लो डाउन’ भएको उनको भनाइ छ ।

‘एक खालको अराजक गतिविधि हुने र बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ । यति हुँदाहुँदै बैंकका साथीहरू आफ्नो ठाउँमा ग्रासरुटमा खट्नुभएको छ,’ उनले भने ।

गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रमा असर पार्ने बताए । अराजकताका यस्ता विषय सधैं नरहने उनको भनाइ छ ।

‘समग्रमा अर्थतन्त्रका फन्डामेन्टल अत्यन्तै राम्रा छन् । हामी वाह्य क्षेत्रमा सबल छौं । पछिल्लो समय बाढीपहिरोको निकै ठूलो असर परेको हामीले देख्यौं । जसको फलस्वरूप खाद्य, पेय पदार्थतिरको महँगी अलिक धेरै बढेको छ,’ गभर्नर अधिकारीले भने, ‘तर, औसतमा अहिलेसम्म राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ, त्यो भित्रै महँगी दर बसेको अवस्था छ । नाफा भने दबाबमा छ । त्यो हामीले स्पष्ट देखेका छौं । रिकभरीमा भइरहेको स्ट्रेस दुई किसिमबाट गाइडेड छ ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours