एकीकृत समाजवादी ३२ लाख घाटामा

०७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको छ ।

सोमबार सार्वजनिक भएको प्रतिवेदन अनुसार एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको उल्लेख छ ।

आर्थिक वर्ष २०८०/८१ को आय व्यय अनुसार गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएकोमा ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ खर्च भएको पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलले जानकारी दिए ।

पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची-महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको १०औं राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ ।

सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको श्रोत रहेको प्रतिवेदनमा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours