नेपाल लाइफ इन्स्योरेन्सका ९५ जना अभिकर्ता सम्मानित

०७ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआरटी’ अचिभर्स अवार्ड–२०२५ आयोजना गरेको छ ।
५ माघमा द सोल्टी काठमाडौंमा आयोजित कार्यक्रममा सन् २०२४ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी–२०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे । कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता रहेको भन्दै उनले अभिकर्ताहरूकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको बताए ।

कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाइ हुन सफल अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा गई एक्स्पोजर लिन आग्रह गरे ।

सीओटी हुन सफल माधव भण्डारीले नेपाल लाइफको सहयोग, मार्गदर्शन, उत्प्रेरणाले नै गर्दा सीओटी बन्न सफल भएको बताए ।

पेसागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले क्वालिफाइड एमडीआरटीलाई धन्यवाद तथा बधाई ज्ञापन दिए ।

पेसागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका निम्ति सबै अभिकर्तालाई धन्यवाद दिए ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले एमडीआरटी क्वालिफायरलाई कार्यक्रम नयाँ कुराहरू सिक्ने अवसर र प्राप्त भएको सम्मानका कारण आगामी दिनमा काम गर्न थप ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours