साहारा चितवन सहकारी ठगी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

०७ माघ, काठमाडौं । चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान प्रहरीले टुंग्याएको छ ।

७ मंसिरबाट चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर दोस्रो चरणको अनुसन्धान गरेको चितवन प्रहरीले अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिल कार्यालय चितवनमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले अनुसन्धान प्रतिवेदन गत शुक्रबार बुझाएको बताए । ‘हामीले अनुसन्धान प्रतिवेदन गत शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएका छौं । अब बाँकी काम त्यताबाटै हुन्छ’ एसपी मिश्रले भने ।

उनीहरुविरुद्ध मुलुलकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीको छ ।

यसअघि पहिलो चरणमा ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको थियो । त्यतिबेला १७ जनालाई प्रतिवादी बनाइएको थियो । यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामै छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours