०७ माघ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा पौने ३ खर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ ।
बैंकले आइतबार जारी गरेको वित्तीय विवरण अनुसार गत असारदेखि पुस मसान्तसम्ममा २ अर्ब ८३ करोड २३ लाख बराबर नाफा भएको छ । यो गत आव पहिलो ६ महिनाको तुलनामा ५७ प्रतिशतले बढी हो ।
गत आव पहिलो ६ महिनामा एनआईएमबीले १ अर्ब ८० करोड १९ लाख बराबर नाफा गरेको थियो । चालु आव ६ महिनासम्म उसको खुद ब्याज आम्दानी २.३७ प्रतिशत घटेर ७ अर्ब ३६ करोडमा सीमित भएको छ ।
गत ६ महिनामा एनआईएमबीको इम्पेयरमेन्ट शुल्क २ अर्ब ८६ करोड ७८ लाखबाट घटेर १ अर्ब ७७ करोड २५ लाखमा सीमित भएको छ । यसबाट बैंकको नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ ।
त्यसैगरी एनआईएमबीको वितरणयोग्य नाफा २ अर्ब ८६ करोड ३५ लाखले ऋणात्मक छ । यसको जगेडा कोषमा २९ अर्ब २ करोड ६९ लाख छ । गत पुससम्म ४ खर्ब ४० अर्ब बराबर निक्षेप संकलन गरेर एनआईएमबीले ३ खर्ब २८ अर्ब बराबर ऋण लगानी गरेको छ ।
प्रतिसेयर नेटवर्थ १ सय ८५ रुपैयाँ रहेको एनआईएमबीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६० पैसा पुगेको छ । यसमा ६ रुपैयाँ ४ पैसा बढोत्तरी भएको हो ।
+ There are no comments
Add yours